About
Business

FAQs FOR BUSINESS ONLY

  • MeroGhar.com भनेको के हो ?
  • हरेक व्यक्तिको सपना हुन्छ एउटा सुन्दर र बलियो घर बनाउने। सो सपना पुरा गर्न चाहिने सम्पूर्ण सेवा तथा सामग्री MeroGhar.com मा उपलब्ध हुन्छन्। सामग्रीहरुमा सिमेन्ट, रोडा, डन्डी, इटा, टायल, मार्बल, झ्याल, ढोका, चौकोस, छाना, रंग, Sanitary सामान, Electrical सामान, आदि तथा सेवामा घर निर्माण गर्ने, मर्मत गर्ने, नक्शा बनाउने, बास्तु परामर्श, Interior Design, Engineering Design आदि पर्छन्। MeroGhar.com मा घर र घर निर्माण सम्बन्धी सम्पूर्ण ज्ञान तथा सूचनाहरु संग्रहित हुन्छन्।घर वा घर निर्माण सम्बन्धी सम्पूर्ण कार्यको सबै भन्दा सजिलो र विश्वासिलो विकल्प MeroGhar.com हो।
  • MeroGhar.com के होइन ?
  • MeroGhar.com जग्गा किनबेच गर्ने वेबसाइट होइन।
  • MeroGhar.com ले कसरी काम गर्छ ?
  • MeroGhar.com ले निर्माण सेवा तथा सामग्रीहरु तपाइँ जस्तै स्थानीय सेवा प्रदायकहरुबाट नै उपलब्ध गराउने हो। तपाइले जुन ठाउँमा आफ्नो सेवा प्रदान गर्न सक्नुहुन्छ त्यही ठाउँको अर्डर तपाईकोमा आउनेछ र त्यसपछि तपाइले सो ग्राहकलाई सेवा प्रदान गर्नु हुनेछ। MeroGhar.com को भूमिका भनेको केवल सूचना ब्यबस्थापन तथा Quality Control मा हुनेछ। MeroGhar.com टिम र प्रबिधि हरदम आफ्ना ग्राहकलाई समयमा गुणस्तरीय सेवा प्रदान गर्न तयार रहेको हुन्छ। यसको लागि हरेक सेवा प्रदायकले के-कसरी कस्तो सेवा प्रदान गरेको छ यसको सुक्ष्म निरिक्षण गरिरहेको हुन्छ। यसले एकातिर सेवाको गुणस्तरको ग्यारेन्टी गर्छ भने, अर्को तिर सेवा प्रदायकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न निरन्तर स्मरण गराई रहन्छ।
  • मेरो व्यवसायलाई MeroGhar.com मार्फत कसरी फाइदा पुग्छ ?
  • अबको युग सूचना प्रविधिको युग हो ।मानिसहरू प्रविधि को प्रयोगले सकेसम्म समयको सदुपयोग होस् भन्ने चाहन्छन्। यस्तोमा निर्माण सम्बन्धी सम्पूर्ण सेवा तथा सामग्री एउटै स्थलबाट उपलब्ध हुनु ग्राहकको लागि अति नै सुविधायुक्त विषय हो भने तपाइको व्यवसाय जुन सहजताका साथ तपाइको सम्भावित ग्राहककोमा पुग्छ त्यो तपाइको व्यवसायको लागि एकदमै महत्वपुर्ण हुन्छ। MeroGhar.com को कारण तपाइको customer reach दोब्बर भन्दा बढी बढ्छ। ग्राहकसंग तपाइले सिधै भुक्तानी (Cash on Delivery) लिने भएकाले तपाईलाई अब उधारोको समस्या पनि पर्दैन। सिधै तपाइको मोबाइलमा Order को SMS आउने भएकाले कुनै Order अब Missed होला भन्नु पर्दैन।
  • MeroGhar.com मार्फत व्यवसाय गर्न मैले कति शुल्क तिर्नु पर्छ ?
  • MeroGhar.com मार्फत व्यवसाय गर्न तपाइले कत्ति पनि शुल्क तिर्नु पर्दैन। तपाइको बाट कुनै सेवा अथवा सामग्रीको बिक्री नभए सम्म तपाइँले कुनै शुल्क तिर्नु पर्दैन। बिक्री भएको खण्डमा मात्र तपाइले हामीसंग सम्झौता भए अनुसारको दस्तुर तिर्नु पर्नेछ। दस्तुर के, कति र कुन सामाग्रीमा हुने तपाइँ र हामी बीच निर्धारण हुन्छ।
  • MeroGhar.com मार्फत भएको बिक्री कसरी थाहा हुन्छ?
  • MeroGhar.com मार्फत कुनै Order आएपछि तपाईलाई SMS प्राप्त हुन्छ। त्यस पछि तपाइले सेवा प्रदान गर्नु पर्ने हुन्छ।
  • MeroGhar.com मार्फत व्यवसाय गर्न के गर्नुपर्छ ?
  • सबै भन्दा पहिले MeroGhar.com मा तपाइको business register गर्नु पर्नेछ।
  • MeroGhar.com मा कसरी register गर्ने ?
  • Step 1: यसको लागि तपाई www.MeroGhar.com को पेजमा गइ business login मा क्लिक गर्नुहोस। Step 2: त्यसपछि तपाइको व्यवसायमा प्रयोग हुने फोन नम्बर र पासवर्ड राखेर Submit मा क्लिक गर्नुहोस। Step 3: फोन नम्बर verify गर्न Mobile मा SMS आएको कोड कम्प्युटरमा टाइप गर्नुहोस। Step 4: त्यसपछि login गर्नुहोस र आफ्नो वा आफ्नो व्यवसायको जानकारी हाल्नुहोस।
  • MeroGhar.com मा register गर्न कति शुल्क लाग्छ ?
  • MeroGhar.com मा register गरेको कत्ति पनि शुल्क तिर्नु पर्दैन ।
  • MeroGhar.com मा मैले प्रदान गर्ने सेवा तथा बस्तुहरु कसरी राख्ने ?
  • Step 1: तपाइले रजिस्टर गर्दा Individual अथवा Company रोज्नु पर्ने हुन्छ । Individual को रुप मा तपाइले परामर्श तथा निर्माण सेवा मात्र प्रदान गर्न सक्नुहुन्छ भने Company को रुपमा तपाइले निर्माण सम्बन्धी सम्पूर्ण सेवा तथा सामग्री बिक्री गर्न पाउनुहुनेछ । Step 2: Login गरेपछि Dashboard बाट कुन कुन सेवा प्रदान गर्नुहुन्छ ती सेवा को समूह चयन गर्नुहोस्। Step 3: त्यसपछी ती चयन गरेका समूहबाट कुन-कुन सेवा अथवा बस्तु बिक्री गर्नु हुन्छ ती चयन गर्नुहोस। Step 4: सेवा अथवा वस्तु चयन गरेपछि तपाइले बिक्री गर्ने मुल्य पनि लेख्नुपर्ने हुन्छ।

MeroGhar.com


  • Design Experts

  • Construction
    Repairs Services

  • Material/Product Seller

Register  /    Login

This field is required.
Invalid number
<% error %>
This field is required.
Password must be at least 6 characters long.
Passwords do not match

login

This field is required.
* <% loginError %>
This field is required.
* <% passwordError %>